कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्व मात्र छान्ने
काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्वमात्र चयन गर्ने निर्णय गरेको छ। बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संवैधानिक बाध्ययताका कारण मंसिर महिनाभित्र मतपरिमाण सार्वजनिक गर्नुपर्ने भएकाले अर्को मितिले विधान महाधिवेशन गर्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल तयारी समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य हुनेछन्। त्यस्तै, अर्थ संकलनकालागि सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।
भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले, विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ। प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरि प्रस्ताव गरिएको छ। स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक रहने प्रस्ताव गरेको छ।
यस्तै, बैठकले सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्नका लागि संयोजक र अधिवेशन हुने स्थानको टुंगो लगाएको छ। बैठकले प्रदेश १ को अधिवेशन तयारी समितिको संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई तोकेको छ। त्यस्तै, प्रदेश–२ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदुरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडूलाई प्रदेश अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी दिएको छ।
बैठकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा गर्ने गरी स्थान निर्धारण गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam