स्यालको टोकाईबाट कपिलवस्तुमा ३ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ बिजगौरी गाउँमा गएराति स्यालले टोकेर ३ जना घाइते भएका छन् । राति करिब १० बजे गाउँ छिरेको स्यालले स्थानीयवासी विष्णु घर्तीको घरभित्र पसेर उनको खुट्टामा टोकेको थियो  गाउँलेहरूले लखेटेपछि सुकुम्वा पुनको घरमा पसी पुन र उनको श्रीमती इर्खालाई टोकेको स्थानीयवासी लक्ष्मी पुनले बताए ।

सुकुम्बाको अनुहारमा झम्टिएको इर्खाको हातमा टोकेको बताइएको छ । बौलाहा स्याल हुनसक्ने आशंकामा घाइते तीनै जनाको बुटवलमा उपचार गराइएकोे वडाअध्यक्ष चुरबहादुर खड्काले बताए । शरीरका केही भागमा चोट लागेकाले एम्बुलेन्समार्फत घाइतेको उपचारको लागि बुटवल लगिएको थियोे ।

TOP