क्यानको साधारण सभा पुस दोस्रो साता
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ। क्यानको मंगलबार बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ।
ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको श्रृंखलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ। क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। जसमा ६० जनाले निवेदन दिएका छन्।
मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आइसिसी प्रतिनिधि रहनेछन्।
त्यस्तै‚ बैठकले संघको विधानअनुसार चार वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट संघहरूको अधिवेशन माघ ७ भित्र सम्पन्न गर्न सम्बन्धित संघलाई निर्देशनसमेत दिएको छ। साथै‚ बैठकले संघको आर्थिक कार्यविधि पारितसमेत गरेको छ।
बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam