प्रचण्ड आउने खुसियालीमा नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महोत्तरीमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।
स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिकाले एक दिन आज सार्वजनिक बिदा दिएको हो।
नगर प्रमुख अशोककुमार मण्डलले मंगलबार सूचना जारी गर्दै जिल्लाका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नं २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन कार्यक्रमका लागि सार्वजनिक बिदा दिएको जनाएका छन्।

११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam