अग्निपीडित व्यावसायीलाई नगरपालिकाले ५१/५१ हजार सहयोग गर्ने
माधव बेल्बासे, चन्द्रौटा ।
शिवराज नगरपालिकाले अग्निपीडित व्यावसायि लाई एक लाख दुई हजार सहयोग गर्ने भएको छ । बुधवार नगर स्तरीय विपत् व्यवस्थापन समितिको बैठकले दुई व्यावसायिहरुलाई ५१/५१ हजार सहयोग निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो ।
गत हप्ताको मंगलवार चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटलमा आगो लाग्दा झण्डै एक करोडको क्षति भएको थियो । बैठकले बेमौसमी वर्षाले धानको क्षति भएको सङ्कलित विवरण मन्त्रालयमा पठाउने समेत निर्णय गरेको छ ।
त्यस्तै मङ्सिर ७ गते देखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएकोले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । विभिन्न खोप केन्द्र निर्धारण भएको र स्वास्थ्यकर्मीहरूलाई परिचालन गरी खोप अभियान चलाउने जनाइएको छ । विपतमा सबै नागरिकहरू सतर्क हुनुपर्ने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam