न्युजिल्यान्डसँगको टी–२० क्रिकेट श्रृङ्खला भारतलाई
काठमाण्डाै – न्युजिल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला घरेलु टोली भारतले जितेको छ। राँचीमा गएराति भएको दोस्रो टी–२० मा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाडि नै श्रृङ्खला जितेको हो । न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
भारतका केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतक बनाए। राहुलले ६५ तथा शर्माले ५५ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो।
न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३४ तथा मार्टिन गुप्टिल र ड्याल मिचेलले समान ३१/३१ रन जोडे । भारतका हर्सल पटेलले दुई तथा भुवनेश्वर कुमार, रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १/१ विकेट लिए ।
तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । यसअघि बुधवार भएको पहिलो खेल भारतले पाँच विकेटले जितेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam