विश्वकप एशिया छनोट : नेपाल-हङकङ भिड्दै
काठमाडौं : आइसीसी टी–ट्वेन्टी महिला विश्वकपको एशिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दैछ।
नेपाल र हङकङको महिला टोलीबीचको खेल दुबईस्थित आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे सुरु हुनेछ। छनोट खेलअघि विभिन्न अभ्यासमा सहभागी भएको नेपाल आज जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ।
अभ्यासका लागि नेपाल केही दिनअघि नै बंगलादेश र त्यसपछि कतार पुगेको थियो। दुवै अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। अभ्यास खेलमा गरेको प्रदर्शनबाट मनोबल बढाएको नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य राखेको छ।
हङकङसँग यसअघि एक पटकमात्र २०१९ को २४ फेब्रुअरीमा टी–ट्वेन्टी खेल्दा नेपालले ४ विकेटको जित निकालेको थियो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam