जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी
काठमाडाैं : जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।
नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक पटक आफूहरुले सफाइको लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएको र कर्मचारी जनप्रतिनिधिहरूसँग अभद्र व्यवहार गर्ने गरेको बताए।
अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या समाधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam