शौचालय जाने क्रममा लडेर बुटवल ३ का वडाध्यक्ष बस्यालको मृत्यु
बुटवल ।
शौचालय जाने क्रममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । उनी सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका थिए । लडेर अचेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याइसक्दा मृत्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam