एमाले महाधिवेशनमा भाँडभैलाे हुँदैन : सचिव विष्ट
काठमाण्डाै – नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीकाे आउँदाे महाधिवेशनको सम्बन्धमा कुनै पनि विवाद र अन्तरविरोध नरहेको बताउनुभएको छ ।
आज मङ्गलवार नेकपा एमालेको स्थायी कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव विष्टले एमालेको महाधिवेशन सहमति र समझदारीकै आधारमा सम्पन्न गर्ने बताउनुभयो । महाधिवेशनमा पार्टीभित्र किचलो र समस्या पैदा नहुने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको सन्दर्भमा नेकपा एमालेलाई चारै तर्फबाट जुन ढङ्गले घेराबन्दी गर्ने प्रयत्न गरिँदैछ, षड्यन्त्र गरिँदैछ, प्रहारको निसाना बनाइँदै छ, यो कुरालाई गम्भीरताका साथ मनन गर्दै सहमति, समझदारीका आधारमा एउटा निश्चित मर्यादाको सीमाभित्र रहेर नै हामी महाधिवेशन सम्पन्न गर्छौँ । एमालेभित्र विवाद, अन्तरविरोध छैन । एमालेले स्वस्थ ढङ्गले, मर्यादित ढङ्गले, समझदारीका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्याैँ भनेर सन्देश दिन्छ । कार्यकर्तामा एकताको भावना पैदा गर्ने, कार्यकर्तामा उत्साह पैदा गर्ने, नागरिककाे अपेक्षालाई पूरा गर्ने, सशक्त, एकताबद्ध पार्टी निर्माण गर्ने गरी नै हामी भूमिका खेल्छौँ । यो महाधिवेशनमा कुनै पनि प्रकारको किचलो, समस्या हुँदैन ।’
एमाले सचिव विष्टले एमालेभित्र कुनै गुटबन्दी र प्यानल नभएको जिकिर गर्नुभयो । एमालेलाई गुटरहित र प्यानलरहित बनाउने गरी अघि बढ्ने पनि उहाँले बताउनुभयो ।
सचिव विष्टले भन्नुभयो, ‘बाहिर जुन प्रकारले एमालेको महाधिवेशनमा भाँडभैलो होला कि भनेर मान्छेले अनुमान, कल्पना गरेका होलान् । त्यो प्रकारको अवस्था आउँदैन । हामी आउन दिँदैनौ । समझदारीपूर्वक, अत्यन्त उच्च उत्साह पैदा गर्ने गरी नै हामी अगाडि बढ्छौँ । एमालेभित्र कुनै गुटबन्दी, प्यानल छैन । गुटरहित, प्यानलरहित एमाले निर्माणका लागि हामी अगाडि बढ्छौँ ।’
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam