इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना
एजेन्सी । इटालीमा अमेजन र एप्पल कम्पनीलाई २० करोड यूरो जरिबाना गरिएको छ । बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पललाई २० करोड यूरो जरिबाना लगाएको हो ।
एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक बिक्रेतालाई तत्कालका लागि अमेजन मार्फत् काम गर्न पनि रोकिएको छ । इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई एकपक्षीय रुपमा अनुमति दिएको आरोप समेत लागेको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam