तौलिहवामा नेकपा (एस) कपिलवस्तुको कार्यालय स्थापना
वाणगंगा ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेकपा (एकीकृत समाजवादी) ले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनको पुर्नगठन अभियानलाई लिएर जन्मिएको नेकपा (एस) कपिलवस्तुले तौलिहवाको भिक्षु चोकस्थित पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालय औपचारिक रुपमा उद्घाटन नभएपनि तौलिहवामा कार्यालय स्थापना गरिएको छ । अबका केही दिनमा कार्यालय व्यवस्थापनको काम सकाएर औपचारिक रुपमा कार्यालय खुल्ने नेकपा (एस) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्रीले जानकारी दिनुभयो ।
मंसिर १५ देखि कार्यालय सचिव नियुक्त गरेर पार्टी काम व्यवस्थित रुपमा सञ्चालन हुने जिल्ला इन्चार्ज क्षेत्रीले बताउनुभयो । पछिल्लो समय एकीकृत समाजवादीले जिल्लामा संगठन विस्तारलाई तिव्र पारेको छ । १० स्थानीय तह रहेको जिल्लामा समाजवादीले कृष्णनगर नगर कमिटी, शिवराज नगर कमिटी, वाणगंगा नगर कमिटी, कपिलवस्तु नगर कमिटी गठन गरिसकेको छ । अबको मंसीर २० भित्र सबै स्थानीय पालिका कमिटी गठन गर्ने पार्टीले जनाएको छ । युवा संघ नेपाल, अनेरास्ववियू, पिपुल भोलेन्टियर्सको जिल्ला कमिटी पनि घोषणा भैसकेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam