विप्लव समूहका जनसरकार प्रमुख ढकाल पक्राउ
परासी
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्।
सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन्।
विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन्। रासस
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


