एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया आज
चितवन : नेकपा एमालेको दशौं महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धी प्रक्रिया आज बिहान सुरु हुने भएको छ।
आज बिहानदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डाक्टर विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनको अन्तरगत हिजोको बन्दसत्रले केन्द्रीय कमिटी चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर विधान संशोधन गरिसकेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या १९ र केन्द्रीय सदस्यको संख्या ३ सय १ पुराउने निर्णय गरेको थियो। सो निर्णय पारित गर्दै बन्दसत्रले विधान संशोधन प्रस्ताव पारित गरेको हो।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam