आईसीसी महिला टी-२० : नेपाल युएई भिड्दै
काठमाडौं : आईसीसी महिला टी २० विश्वकपअन्तर्गत एसियाली छनोटको अन्तिम चरणका खेल हुँदैछन्।
६ टीम सम्मिलित खेलमा खेलमा सबै टिमले आफ्नो पाँचौँ खेल खेल्न लागेका हुन्। छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।
त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ। यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ। र, आज नेपालले यूएईको सामना गर्नेछ।
आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ। यद्यपि, यूएई नेट रन रेटमा नेपालभन्दा अघि छ।
आजको खेलमा नेपालका लागि जित मात्र पर्याप्त छैन। यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ। त्यसो भयो भने नेपाल ग्लोबल छनोटमा पुग्नेछ।
नेपाले आज जित निकालेको अवस्थामा हङकङलाई पनि छनोटको शीर्षस्थानमा पर्नसक्ने अवसर हुनेछ। नेट रन रेटमा कमजोर अवस्थामा रहे पनि उसले आज छनोटकै सबैभन्दा कमजोर टिम कुवेतको सामना गर्नेछ। यदि उसले जित निकालेको अवस्थामा नेपाल र यूएईको नेट रन रेट हङकङको भन्दा थोरै भएमा उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।
आजको खेलबाट नेपाल र हङकङलाई जित निकालेर ग्लोबल छनोटमा पुग्न निकै गाह्रो देखिन्छ। तर, यूएईले झिनो अन्तरमै पनि जित निकालेमा पनि एसियाली छनोटमा अपराजित रहँदै उसले ग्लोबल छनोटमा स्थान बनाउने छ।
एसियाली छनोट पार गर्ने एउटा मात्र टिमले ग्लोबल छनोट खेल्नेछ। ग्लोबल छनोट पनि पार गर्ने टिमले भने २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी टी २० विश्वकप खेल्न पाउनेछ। आजको अर्को खेलमा मलेसियाले भुटानसँग खेल्दैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam