भीरबाट लडेर महिलाको मृत्यु
दैलेख : भीरबाट लडेर ६३ वर्षीया महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका–४की मैसरा कटुवाल रहेको दैलेख प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार बाख्रा चराउन गएका वेला आइतबार साँझ ५ बजे भीरबाट लडेर मैसराको घटना स्थलमै मृत्यु भएको थियो।
शाहले मैसराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको थाहाखबरलाई जानकारी दिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam