युरेनियम भन्दै दुई करोडमा टल्किने ढुंगा बेच्न खोज्ने तीन पक्राउ
काठमाडौं : प्रहरीले युरेनियम भन्दै अवैध कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले युरेनियम भन्दै टल्किने ढुंगा बेच्न खोज्ने तीन जलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका घर भई हाल काठमाडौं मनमैजु बस्ने ३१ वर्षीय प्रदीप घिमिरे, ३१ वर्षीय राजेन्द्र परियार र तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रञ्जीत कार्की छन्।
प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट पक्राउ गरेको जनाएको छ। युरेनियम जस्तो टल्किने पदार्थ अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ।
अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी आफै ग्राहक बनेर गएको थियो। प्रहरीले उनीहरूबाट १२ सय ग्राम टल्किने पदार्थ बरामद गरेको छ। उनीहरूले सो पदार्थ प्रतिकिलो दुई करोडको दरले किनबेच गर्न लागेको महाशाखाले जनाएको छ।
टल्किने पदार्थ युरेनियम जस्तो नदेखिए पनि परीक्षणका लागि खानी तथा भू–गर्भ विभागमा पठाउने तयारी भइरहेको महाशाखाले जनाएको छ। उनीहरूले उक्त पदार्थ कहाँबाट ल्याएको हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको महाशाखाले जानकारी दिएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाएको महाशाखाले जनाएको छ।
रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने पक्राउ
यस्तै महाशाखाले रक्तचन्दनको तेल प्रति लिटर पाँच लाखका दरले अवैध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल प्रति लिटर पाँच लाखका दरले अवैध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
उक्त तेल भारतबाट नेपालगञ्ज हुँदै नेपाल भित्र्याई चिनतर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौं बालाजु बस्ने २७ वर्षीय रामबहादुर खत्री र कास्की लेखनाथ महानगरपालिका–१० घर भई बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन्।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको महाशाखाले जनाएको छ
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam