विजयनगरको गुगौलीमा आगलागी, भान्सासहित गोठ जलेर नष्ट, १ लाख ६० हजारको क्षति


घनश्याम भर, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा भान्साघरसहित गोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौली गाउँमा आगलागी भएको जनाइएको छ ।


आगलागीबाट १ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो ।


घनश्याम यादवको भान्सा घरमा विद्युत सर्ट भइ आगो लाग्दा भान्सासहित गोठ पूर्णरुपमा जलेको र एउटा भैँसीको मृत्यु भएको उहाँले बताउनुभयो । आगो करिब ६ बजेतिर लागेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो । आगो स्थानीयले नियन्त्रणमा लिएका थिए ।

TOP