एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै
काठमाडौं : नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै छन्। दशौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले आज पदबहाली गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ।
चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा भीम रावललाई भारी मतान्तरले हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्। ओलीसँगै एक वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटी चयन भएको छ।
पदाधिकारीमा वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भए। उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्बाङ, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली चुनावबाट निर्वाचित भए भने उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल पराजित भए।
यस्तै सचिवमा योगेश भट्टराई टोपबहादुर रायमाझी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भए। सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका थिए।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam