भारतका ३८ हजार स्कुलमा छैन शौचालय : मन्त्री
एजेन्सी । भारतका ३८ हजार ४०८ स्कुल र २ लाख ८६ हजार ३१० आँगनवाडी केन्द्रमा शौचालय नभएको भारतीय मन्त्रीले बताएका छन्।
जल शक्ति राज्यमन्त्री प्रह्लाद पटेलले भारतीय राज्यसभामा उक्त जानकारी दिएका हुन्। तीमध्ये महाराष्ट्रमा ५३ हजार ४९६‚ उडिसामा ४० हजार ४४४, राजस्थानमा २९ हजार ०९८ र असममा २२ हजार ८१९ भएको उनले बताए।
भारतमा आमा र ६ वर्षसम्मका बालबालिकाको हेरचाह गर्ने केन्द्रलाई आँगनवाडी भनिन्छ।
उनले भारतभर २ लाख ८५ हजार १०३ स्कुलमा हात धुने सुविधा नभएको जानकारी दिएका छन्।
मन्त्रीले अगस्ट २०१९ देखि जल जीवन मिशन सुरु गरिए पनि उचित व्यवस्थापन गर्न नसकिएको स्वीकार गरे।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam