भारी हिमपातले रोकियो च्याम्पियन्स लिग अन्तर्गतको खेल
च्याम्पियन्स लिग फुटबल अन्तर्गत एट्लान्टा र भिल्लारियलबीचको खेल भारी हिमपातका कारण रोकिएको छ । बुधबार राति समूह एफ अन्तर्गत एट्लान्टाको मैदानमा भिल्लारियलसँगको खेल तय भएको थियो। तर समूह चरणको अन्तिम खेल हुने एट्लान्टाको मैदान भारी हिमपातका कारण हिउँले ढाकिएपछि खेल बिहीबारका लागि सारिएको छ ।
नेपाली समय अनुसार बिहीबार राति पौने १२ बजेबाट खेल सुरू हुनेछ। यो खेलको विजेता च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्नेछ। यसअघि नै समूह एफबाट म्यानचेस्टर युनाइटेडले अघिल्लो चरणमा स्थान पक्का गरेको छ। भिल्लारियलको सात तथा एट्लान्टाको ६ अंक छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam