शिवगढीमा आँखा शिविर, ३ सय बढी लाभान्वित
कपिलवस्तु -मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्थाले निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ । बिहिवार मनकामना सहकारी सस्थको भवनमा सन्जिवनी आई केयर अस्पतालको सहयोग मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था लिको आयोजनामा शिबिर सम्पन्न भएको हो ।शिबिरमा स्थानीय ३०० जना बिरामीले निशुल्क सेवा लिएको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
शिविरमा धेरै मोतियाबिन्दुका बिरामी उपचारका लागी आएकोमा सामन्य बिरामीहरुलाई उपचार तथा औषधी वितरण गरिएको र गम्भीर बिरामीलाई थप उपचारको लागि अन्त पठाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ तस्वीर गैरेले जानकारी दिनु भयो ।
शिबिर बिहीबार बिहान १० बजे देखि साझ ५ बजे सम्म चलेको थियो ।शिबिरमा आशा गरे भन्दा धेरै बिरामी उपचारका लागि आउनुले स्थानीय ले आखालाई खासै ध्यान नदिएकाे पाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ गैरे बताउनु भयो ।
अझै शिवगढीमा थुप्रै बिरामी रहेकोले अर्को शिविर गर्ने तयारी गरेको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।सस्थका अध्यक्ष दिलमाया बाठा मगरको अध्यक्षतामा भएको शिबिरमा वडा अध्यक्ष चुर बहादुर खड्का स्वास्थ्री चौकी ईन्चार्ज बिरेन्द्र कुमार मिश्र ,ईलाका प्रहरी कार्यालयका प्र ना नि रेशम बहादुर जि सी ,ब्यवस्थापक दिल मय श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam