‘ए’ डिभिजन लिग फुटबलमा चौथो चरणका खेल आजदेखि
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चौथो चरणका दुई खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् ।
३ खेलमा अपराजित रहेको मनाङ ७ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । ३ खेलमा दुई अङ्क जोडेको फ्रेन्ड्स भने लिगको १० औँ स्थानमा छ ।
यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब खेल्ने छन् । ३ खेलमा ५ अङ्क जोडेको आर्मी लिगको छैटौँ स्थानमा छ । च्यासल ३ खेलमा ४ अङ्क जोडेर ९ औँ स्थानमा छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam