एमालेका सांसदलाई धम्की नदिन सभामुखलाई ओलीकाे चेतावनी
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन्।
मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्। उनले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताए।
अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए।
अध्यक्ष ओलीले भने,‘फेयर गराउन हामी बाध्य गराउँछौँ। संसद पनि फेयरल्ली चलाउनुपर्छ। त्यसैले नियमावली आकर्षित हुन्छ वाह? संसदीय भाषा, नियमावली आकर्षित हुन्छ, कहाँ–कहाँ नियमावली आकर्षित हुन्छ? त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ। नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन। निकाल्छु भन्नेहरूलाई कारबाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु। आवेग उत्तेजनामा नआउनुस्। परिणाम नराम्रो होला।’
अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदलाई संसदबाट निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam