साफ यु-१९ महिला फुटबल : आज नेपालले श्रीलंकाको सामना गर्दै
काठमाडौं : बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल बुधबार दिउँसो पौने ३ बजे ढाकामा हुनेछ।
नेपाल पहिलो जितको खोजीमा मैदानमा उत्रँदैछ। यसअघि नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ। श्रीलंका अंकविहीन रहेको छ। श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन।
यसअघि श्रीलंका भुटान र भारतसँग पराजित भएको थियो। च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ। राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam