ए डिभिजन लिगमा जावलाखेलकाे पहिलो जित
काठमाडौं : जावालखेल युथ क्लबले च्यासल युथ क्बलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै पहिलो पटक स्पष्ट तीन अंक जोडेको छ।
लिगको चौथो चरण सम्म गोलको खाता खोल्न नसकेको जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गरे। ३७ औं मिनेटमा निकोलसले गरेको गोल नै जावलाखेलका लागि जारी लिगमा पहिलो गोल भएको छ।
च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बाँकी समयमा च्यासल खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र जावलाखेललाई अंक सुम्पिन बाध्य बन्यो।
यस सँगै जावलाखेलले सिजनको पहिलो जित निकाल्दै तालिकमा वरियता सुधार गरेको छ। रेलिगेशन क्षेत्रमा रहेको जावलाखेलको ५ खेलमा ४ अंक रहेको छ।
जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ। लिगमा भोलि हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam