क्रिसमसका बेला ओमिक्रोन भेरियन्ट झन फैलिने विज्ञको चेतावनी
एजेन्सी: अमेरिकी संक्रामक रोग विज्ञ डा.एन्थोनी फाउचीले क्रिसमसका बेला हुने यात्राले कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीव्र हुने चेतावनी दिएका छन्। कोरोनाविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने उनको चेतावनी छ। उनले ओमिक्रोनमा जस्तो व्यक्तिमा पनि फैलिन सक्ने असाधारण क्षमता रहेको चेतावनी दिए। महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने फाउचीले नयाँ भेरिअन्ट हाल विश्वभर फैलिरहेको बताए।
फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका हुन्। उनले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्नेमा जोड दिएका छन्।
कोरोना भाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन्। फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन्। नेदरल्यान्ड्सले कडा लकडाउन लागू गरेको छ। अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam