इन्द्रेणी कम्प्लेक्सकाे जिम सेन्टरमा लागेकाे आगाे नियन्त्रणमा आयाे, ‘२ कराेडभन्दा बढीकाे क्षति’
काठमाण्डाै – नयाँ बानेश्वरमा रहेकाे इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा भएकाे आगलागी नियन्त्रणमा आएकाे छ । आज साेमवार दिउँसाे ३ बजे आगलागीकाे सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलकाे टाेली घटनास्थलमा पुगेर झन्डै ५० मिनेटमा आगाे नियन्त्रणमा लिइएकाे प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक डीएसपी मिमबहादुर लामाले बताउनुभयाे । प्रारम्भिक अनुसन्धानमा इन्भर्टरनमा आगलागी भएर आगाे फैलिएको देखिएको उहाँले जानकारी दिनुभयो ।
काठमाण्डाै, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डीएसपी लामाले बताउनुभयो । आगलागीबाट जिम सेन्टरको सामान जल्दा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिम सेन्टरका सञ्चालकलाई उद्धृत गर्दै उहाँले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam