ओली कपिलवस्तुमा, नेता गुप्तासहित चार हजार प्रवेशको तयारी
कपिलवस्तु ।
मंगलवार (भोलि) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तुको बहादुरगंज आउने भएका छन् । जनता समाजवादीका प्रभावशाली नेता मंगल प्रसाद गुप्तालाई प्रवेश गराउन ओली कपिलवस्तु आउन लागेका हुन् । गुप्ता यस क्षेत्रमा राम्रो प्रभाव भएका नेता हुन् उनी सहित ४ हजार बढी कार्यकर्ता एमालेमा प्रवेश गराउने एमालेको तयारी छ ।
गत प्रतिनिधि सभामा निर्वाचनमा १५ हजार ८ सय २६ मत प्राप्त गरेका गुप्ता एमालेमा प्रवेश गरे पश्चात मधेश एमालेमय हुने दावी गरिएको छ । सुर्य चिन्हबाट स्वतन्त्र समुहका ईश्वर दयाल मिश्राले १४ हजार ३३० मत ल्याएका थिए भने जित्न सफल अभिषेक प्रताप शाहले २० हजार १ मत ल्याएका थिए ।
ओली आउने भएपछि सबै पालिका बाट कार्यकर्ता ल्याउन एमालेले सवारी साधनको समेत व्यवस्था गरेका छ भने स्टेज निर्माणको काम सम्पन्न भएको जनाइएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam