अख्तियारमा कपिलवस्तुका १४७ वटा उजुरी
कपिलवस्तु : कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमिता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन् । चालु आर्थिक बर्षको मंसिर महिना सम्म ५९ र गत आर्थिक बर्ष २०७७/०७८ मा ८८ उजुरी परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौलिहवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको हो ।
आयोगको बुटवल कार्यालयका प्रमुख योगेन्द्र प्रसाद पाण्डेयले अख्तियारमा लुम्बिनी प्रदेशको १० जिल्ला मध्ये कपिलवस्तु उजुरी पर्ने दोश्रो जिल्ला रहेको बताए । ल्म्बिनी प्रदेशको सबै भन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहको र सो जिल्लामा गत आब र यस आबमा गरी कुल ३ सय २ उजुरी दर्ता भएका छन । कपिलवस्तुका अझै १ सय १५ उजुरी फर्छौ हु्न बाकी छन । यस्तै १० जिल्लाका ७ सय ४४ उजुरी मध्ये २ सय ५६ फर्छौट भई ४ सय ८८ मुद्दा बाकी छन ।
अख्तियारमा परेका उजुरी मध्ये स्थनीय तहका १ सय २१ उजुरी छन । कपिलवस्तुको १० पालिका मध्ये सबै भन्दा बढी कृष्णनगर नगरपालिकामा गत आब र चालु आब गरी ३१ वटा उजुरी परेका छन । यस्तै यशोधरा गाउपालिकामा २४, बिजयनगर गाउपालिकामा १३, कपिलवसतु, महाराजगंज र बुद्धभुमी नगरपालिकामा नौ नौ वटा, मायादेबी गाउपालिकामा ८, शिवराज र बाणगंगा नगरपालिकामा ६/६ वटा तथा सुद्धोदन गाउपालिकामा ५ वटा उजुरी परेको हो । जिल्लाबाट अख्तियारमा परेका १ सय ४७ उजुरी मध्ये सबै भन्दा बढी स्थानीय तहको संघीय मालिका संबन्धी ८८ वटा छन ।
यस्तै स्थानीय तह शिक्षाको ३३ उजुरी परको छन् । अख्तियार बुटवलका प्रमुख पवाण्डेय अनुसार जिल्लामा १४ वटा बिषयबस्तु रहेका छन् ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam