सीपलाई व्यवहारमा उतानुपर्नेमा जोड
चन्द्रौटा । इन्द्रेणी सामाजिक संस्थाको आयोजनामा स्वच्छ व्यवसायी समूह अन्तर्गत आयोजित सिपमुलक तालिमको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत शिवराज नगरपालिका वडा न ९ मा ढकिया निर्माण र बिजयनगरमा झोला बनाउने तालिम सन्चालन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सिकेको सीप लाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । इन्द्रेणी सस्थाले आयोजना गरेर नगरवासिलाई आत्मनिर्भर बनाउने काम गरेकोले धन्यवाद दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख शिवकुमारि थारुले ढकिया र झोला बनाउने सिपलाइ प्रयोगमा ल्याइ आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
पछिल्लो समय माग पनि बढेको भन्दै महिलाहरु अब सीप युक्त हुनुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष चुर बहादुर खड्काले तालिम स्थानीयहरुको सहभागिता रहेकोले अब यो सीप बाट व्यवसायीक बन्नुपर्ने बताउनुभयो ।
तालिम अवधि भर सिक्ने त्यसपछि त्यसलाई निरन्तरता नदिदा कतिपय तालिम प्रभावकारी नबनेको भन्दै सचेत हुन आग्रह गर्नुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam