पशुपतिनाथलाई आज राति खिचडीको भोजन गराइँदै
काठमाडौं : चिसो बढेसँगै आज राति पशुपतिनाथलाई खिचडी भोजन गराइँदैछ। १० पाथी चामल, दुई पाथी मासको दाल, दुई दुई पाथी रहर र चनाको दाल, घिउ र सक्खर तीन धार्नी, बेसार, अदुवा चार धार्नीसहितको खिचडी तयार गरी पशुपतिनाथलाई चढाउने प्रचलन छ।
खिचडी भोजनपछि भोलि पशुपतिनाथलाई तोरीको तेल घसेर न्यानो गराउने कार्य हुन्छ। तोरीको तेल घसेर आराम गर्ने भएकाले भोलि पशुपतिनाथको मन्दिर सर्वसाधारणको दर्शनका लागि बन्द रहन्छ।
बाला चतुर्दशीका दिनदेखि मनतातो पानीले पशुपतिनाथको स्नान गर्न सुरु गरिन्छ। खिचडी भोजन सरकारले गराउने गरेको छ।
भोटेकोशी बाढी पीडितका लागि कपिलवस्तु चेम्बरको सहयोग
भदौ १६, २०८३
(विजयनगर) कपिलवस्तु, १६ भदौ । रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चेम्बर अफ…



ghanashyam