कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति
काठमाडौं : कान्तिपुर सिटी कलेजले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययनमा छात्रवृति प्रदान गर्ने भएको छ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो। महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले पाँच जना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ।
यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ। कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमल्सिना र महासंघ प्रदेश प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरे। यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ।
सम्झौता अनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने छन्।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam