नोबेल शान्ति पुरस्कार विजेता टुटुको जनवरी १ मा अन्त्येष्टि गरिने
एजेन्सी – रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए। टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो।
दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले सोमबार जनाएको छ।
पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती महारानी एलिजाबेथ द्वितीय, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामामासहितले टुटुको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन्।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वक्तव्य जारी गरेर टुटुले दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन ठुलो योगदान गरेको बताएका छन्।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam