कोभिड प्रतिबन्ध : दिल्लीमा स्कुल, कलेज, मल, सिनेमा हल बन्द
नयाँ दिल्ली : कोरोना संक्रमण बढेपछि दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले मंगलबारदेखि स्कुल, कलेज, सिनेमा हल र जिमहरू तत्काल बन्द गर्न आदेश दिएको छ। साथै ‘येलो अलर्ट’ घोषणा गरिएको छ। दिल्लीका पसल, सार्वजनिक यातायातमा विभिन्न प्रतिबन्ध लगाइएको छ।
‘येलो अलर्ट’ प्रतिबन्धले गैर-अत्यावश्यक वस्तु र सेवाका पसल‚ प्रतिष्ठान र मलहरू जोर-बिजोर आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने व्यवस्था गरेको छ।
डीडीएमएले जारी गरेको आदेशमा सोमबार रातिदेखि लागू भएको रात्रि कर्फ्युको समय पनि एक घण्टा थप गरिएको छ। अब राति १० बजे सुरु हुनेछ। अर्को आदेश नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्मको कर्फ्यु जारी रहनेछ ।
विवाह र अन्त्येष्टि कार्यक्रममा २० जना मात्र सहभागी हुन पाउनेछन्। यो बाहेकका अन्य सबै सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक जमघट र उत्सव मनाउन प्रतिबन्ध लगाइनेछ।
दिल्ली मेट्रो आफ्नो सिट क्षमताको आधी सिटमा मात्रै मान्छे राखेर सञ्चालन हुनेछ। टेम्पो र ट्याक्सीमा दुईजना यात्रु मात्र बस्न पाउनेछन्। बसहरूले पनि सिट क्षमताको आधी सिटमा मात्रै यात्री राख्न पाउनेछन्।
राष्ट्रिय राजधानीमा महामारीको अवस्थाको उच्चस्तरीय समीक्षा बैठकपछि मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितको संख्या तीव्र गतिमा बढेपछि ‘येलो अलर्ट’ जारी गर्ने निर्णय गरेका थिए।
डीडीएमएको आदेशमा येलो अलर्टअन्तर्गतका सबै प्रतिबन्धहरू तत्काल लागू हुने जानकारी दिइएको छ।
लगातार दुई दिनसम्म संक्रमण दर ०.५ प्रतिशतभन्दा बढी रहेमा ‘येलो अलर्ट’ जारी गरिन्छ।
दिल्लीमा सोमबार ३३१ जना नयाँ संक्रमित भएका थिए। यो संख्या गत जुन ९ तारिखपछिको एक दिनको सबैभन्दा धेरै संख्या हो।
सोमबार संक्रमणबाट एकजनाको मृत्यु भएको थियो। संक्रमण दर आइतबार ०.५५ प्रतिशत रहेकोमा सोमबार ०.६८ प्रतिशत पुगेको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam