संसदको अवरोध हटाएर नागरिक विधेयक पास गर्न यादवको आग्रह
परासी : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गरेका छन्। पार्टीको जिल्ला समिति पश्चिम नवलपरासीले मंगलबार परासीमा आयोजना गरेका जनसभालाई सम्बोधन गर्न पुगेका यादवले नागरिकता विधेयक पास गर्न भए पनि संसदको अवरोध हटाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका हुन्।
संसदमा पेश भएको नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता पाउन नसकेको र मतदाता नामावलीमा समावेश हुन नसकेको उनले बताए। जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको समेत मतदाता नामावलीमा नाम समावेश नगरेको भन्दै उनले आक्रोश पोखे।
विगतको ओली सरकारले गरेको गल्ती अहिलेको गठबन्धन सरकारले व्यहोर्नु परेको भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजाने बताए। राजनीति अस्थिरता र भ्रष्टचार हटाउन संसदीय प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उनले औलाए।
पार्टी अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय सदस्यहरु र जिल्ला नेताहरुले पनि सम्बोधन गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam