२ सय ४१ सङ्क्रमित थपिँदा ज्यान गुमाउने ‘शून्य’
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा दुई सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप दुई सय २८ जना निको भएका छन् । याेसहित नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार सात सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले चार हजार आठ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५६ हजार एक सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड तीन लाख ६ सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ३९ लाख ७१ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam