कपिलवस्तुमा ट्रेक्टर पल्टिँदा २ जनाकाे मृत्युु, चार घाइते
कपिलवस्तुमा ट्याक्टर पल्टिदा २ जनाको घटना स्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर मङ्गलवार बिहान ७ बजे दुर्घटना भएको थियो ।
बालुवा लोड गर्न जान मजदूर लिएर हिँडेको ट्याक्टर सडक देखी अन्दाजी २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
यसै गरी घाइते हुनेहरुमा बलराम सुनार, कृष्ण बिक, सरिता थारु र सीमा थारु रहेका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तिव्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam