पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पाटी कपिलवस्तुले पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पाटीले पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने भएकोले सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरिएको छ ।
राप्रपाले मंगलवार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । विगतमा पनि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने गरेकोले यस वर्ष पनि दिन आग्रह गरिएको राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले बताउनुभयो ।राष्ट्रिय एकिकरणको नायकको जन्मजयन्ती मनाउँदा कसैलाई पनि असर नपर्ने भएकोले राप्रपाले गरेको मागलाई सम्बोध गर्नुपर्ने प्रदेश सदस्य सइद अहमद शाहले बताउनुभयो । माग सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गरिने शाहले बताउनुभयो । ज्ञापन पत्र बुझदै प्रजिअ चक्रपाणी पाण्डेले ज्ञापन पत्रलाई माथिल्लो निकायमा पठाउने बताउनुभयो । केन्द्रीय सदस्य धुर्व रायमाझी,प्रदेश सदस्यहरु,जिल्ला सदस्यहरु र नगर अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


