धनकुटामा देउरालीले ए डिभिजन लिग र डाँडाबजारले बी डिभिजन जिते
धनकुटा : धनकुटामा सम्पन्न जिल्लास्तरीय वाइ वाइ डाइनामाइट ए डिभिजन सुपर लिगको उपाधि देउराली युवा क्लब धनकुटा-७ ले जितेको छ। यसैगरी बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँडाबजार युवा क्लब साँगुरीगढी-५ ले जितेको छ।
धनकुटा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपविजेतामा ए डिभिजनतर्फ रारा समाज सेवा राजारानी र बी डिभिजनतर्फ सिंहदेवी युवा क्लब सिंधुवा भएका छन्।
ए डिभिजन सुपर लिग विजेता देउरालीले ४० हजार रूपैयाँ र ट्रफी र उपविजेता रारा समाज सेवाले २० हजार नगद र ट्रफी प्राप्त गरेका छन्। बी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता डाडाँबजारले २५ हजार नगद र ट्रफी तथा उपविजेता सिंधुवाले १२ हजार ५ सय नगद र ट्रफी हात पारेका छन्।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारासहित भएको प्रतियोगिताको समापनमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए। ए डिभीजन सुपर लिगमा ६ टिमको सहभागिता छ भने बी डिभिजन नकआउट फुटबलमा १० टोली सहभागी थिए।
धनकुटा फुटबल संघमा १७ टिम आबद्ध रहेकोमा बी डिभिजनमा रहेको भेडेटारको पाथिभरा युवा क्लब सहभागी नभएको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए। प्रतियोगितामा बी डिभिजन नकआउट फुटबलको विजेता डाडाँबजार ए डिभिजन सुपर लिगमा बढुवा भएको छ।
ए डिभिजन सुपर लिगको अन्तिम हुने मार्गादेवी युवा क्लब धनकुटा-५ बी डिभिजनमा घटुवा भएको धनकुटा फुटबल संघका महासचिव गोपाल लिम्बूले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam