नागरिकता लिन गएका फुर्वाको जिल्ला प्रशासन कार्यालयमै मृत्यु
सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ। ज्यान जानेमा सोलु दुधकुण्ड नगरपालिका-८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
आज (बुधबार) जिल्ला प्रशासनमा नागरिकता लिन गएका शेर्पा त्यहीं नै बेहोस भएर ढलेको भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले जानकारी दिइन्। शेर्पालाई तत्काल उद्धार गरि जिल्ला अस्पताल फाप्लु पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए।
शेर्पा नशालगायत विभिन्न समस्याका कारण केही समयदेखि फाप्लु अस्पतालमा उपचाररत थिए। तर आज आफन्तले अस्पतालको अनुमतिबिनै नेपाली नागरिकता बनाउन भन्दै जिल्ला प्रशासन पुर्याएको अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए।
उनका अनुसार मृतक शेर्पामा खुट्टा टेक्न नसक्नेलगायत अन्य समस्या देखिएको थियो। मृतकको शव अहिले जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ। करिब २७/२८ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका शेर्पाले हालसम्म नागरिकता नलिएको वडा कार्यालयले जनाएको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam