दूधमा प्रतिलिटर १० रूपैयाँ बढाउन केन्द्रलाई बागमती सरकारले दियो अल्टिमेटम
हेटौंडा : बागमती प्रदेश सरकारले दूधको प्रतिलिटर मूल्य १० रूपैयाँ बढाउन संघीय सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। बागमती प्रदेश दुग्ध विकास बोर्डको बुधबार बसेको बैठकले दूधमा प्रतिलिटर १० रूपैयाँ मूल्य वृद्धि गर्न केन्द्र सरकारलाई १५ दिने अल्टिमेटम दिने निर्णय गरेको हो।
बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले बुधबार सरोकारवालासँग बसेको बैठकले १५ दिनभित्र दूधको मूल्य बढाउन केन्द्र सरकारलाई १५ दिनको समय दिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार केन्द्र सरकारले ३ वर्षदेखि दूधको मूल्य नबढाएकाले प्रदेश सरकारले मूल्य बढाउन लागेको हो।
सापकोटाले प्रदेशमा दूधको मूल्य बढाउने अधिकार प्रदेश सरकारसँग भएपनि केन्द्र सरकारले बढाएमा देशैभर मूल्य बढ्ने भएकाले यसका लागि पहिले केन्द्र सरकारसँग अनुरोध गर्ने र केन्द्रले नबढाए प्रदेशले नै बढाउने बताए।
‘हामीले बढाउँदा बागमतीमा मात्रै बढ्ने र केन्द्रले बढाउँदा देशैभर लागू हुने भएकोले अहिलेलाई मूल्य बढाउन केन्द्र सरकारलाई १५ दिन समय दिएका छौं,’ उनले भने, ‘संघीय सरकारले नबढाए हामी फेरि बैठक बसेर बागमतीमा दूधको मूल्य बढाउँछौं।’
उनले गाईभैंसीको दाना, चोकर र परालको मूल्य बढिरहेको भएपनि दूधको मूल्य यथावत् रहँदा किसान पशुपालनबाट पलायन हुँदै गएकाले मूल्य बढाउन बाध्य भएको बताए। सापकोटाका अनुसार किसानले सोझै पाउने मूल्यमा ल्याक्टो र फ्याटको आधारमा प्रतिलिटर १० रूपैयाँको दरले मूल्य वृद्धि गर्न लागिएको हो।
उनले किसान नबाँचे दुग्ध व्यवसाय पनि बाँच्न नसक्ने भन्दै दूधमा हुने कालोबजारी र महङ्गी नियन्त्रण गर्न सबै सचेत हुनुपर्ने बताए।
उनका अनुसार बुधबार बसेको बैठकमा दूध बिक्री गर्ने किसान र खरिद गर्ने दुवै सरोकारवालाको उपस्थिति रहेको थियो। दूधको मूल्य बढाउन दुवै पक्ष सहमत रहेको उनको दाबी छ।
बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंको अध्यक्षतामा बसेको बैठकमा डिडिसी, किसान प्रतिनिधिहरू, डेरी फर्म सञ्चालकहरू, डेरि एसोसिएशन र दुग्ध सहकारी संघलगायत सरोकारवालाको उपस्थिति रहेको थियो। मन्त्री हुमागाईं बागमती प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष हुन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam