उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकियो : किसानको असन्तुष्टि
काठमाण्डाै – सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए ।
सरकारले तोकेको मूल्यमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।
यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । उखुको न्यूनतम लागत ३ सय ८२ रुपैयाँ, ढुवानी खर्च ६२ रुपैयाँ तथा मुनाफा ७६ रुपैयाँ हिसाब गरिएको छ । सरकारले गएको वर्ष उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।
सरकारले तोकेको समर्थन मूल्यमा किसानले असन्तुष्टि जनाएका छन् । उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सरकार र उद्योगीको मिलेमतोमा मूल्य निर्धारण भएको भन्दै किसान मारमा परेको बताउनुभयो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam