जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक, विमानस्थलबाटै फर्काइयो

एजेन्सीअष्ट्रेलियाले टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई प्रवेशमा  रोक लगएको छ। कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डहरु पूरा नगरेको भन्दै अष्ट्रेलियाले जोकोभिचको भिसा समेत रद्ध गरेको हो। अष्ट्रेलियन बोर्डर फोर्स एबिएफले विज्ञप्ती जारी गर्दै जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरेको भन्दै भिसा रद्ध गरिएको जनाएको छ। 

विज्ञप्तीमा एबिएफले भनेको छ ‘हामी हाम्रो सीमामा आउने सबैले हाम्रो नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ।’ त्यस्तै एबिएफले भिसा नभएका अष्ट्रेलियाका गैर नागरिक र भिसा रद्ध भएका मानिसलाई नियन्त्रणमा राख्ने र अष्ट्रेलियाबाट निकाला गर्ने समेत जनाएको छ।

जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल आइपुगेका थिए। लगतै एबिएफले उनीमाथि सोधपुछ गरिरहेको छ। भिसा रद्ध भएपछि जोकोभिचका कानुन व्यवसायी सरकारको निर्णयविरुद्ध न्यायालय जाने भएका छन्। 

अष्ट्रेलियाले हालसम्म विभिन्न कारण देखाउँदै  वार्षिक १४ हजारको भिसा रद्ध गरेको तथ्यांक छ।

TOP