केन्द्र र सातै प्रदेशमा समन्वय समिति बनाउने सत्ता गठबन्धनकाे निर्णय
काठमाडौं : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयन्त्र बनाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनको प्रचारप्रसार र व्यवस्थापनका लागि केन्द्रमा समन्वय समिति बनाउने निर्णय गरेको छ।
यससँगै सातै प्रदेशमा पनि समन्वय समिति बनाउने निर्णय भएको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। गठबन्धनले साझा उम्मेदवार तय गरी उम्मेदवारी दर्ता गराइसकेको छ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट कार्की, संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत बैठकमा सहभागी थिए। राष्ट्रियसभा सदस्यको मतदान आगामी माघ १२ गते हुदैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam