पाल्पामा वृद्धाको हत्या, जंगलमा शव भेटियाे
पाल्पा : पाल्पामा बिहीबार राति एक वृद्धाको हत्या भएको छ। हत्या हुनेमा तानसेन नगरपालिका–६ कुन्सरेकी ६५ वर्षीया सरस्वती घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।
टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा ती महिलाको शव शुक्रबार बिहान करिब ९ बजे फेला परेको घटनास्थल पुगेका त्वातीले बताए। बिहान घरमा नदेखेपछि मृतकका छोराले खोजी गरेका थिए।
खोजी गर्नेक्रममा घरभन्दा करिब ५० मिटर टाढा जंगलमा शव फेला परेको उनले बताए। घटना रातिनै घटेको अनुमान गरिएको छ।
ती महिला घरमा एक्लै बस्दै आएकी थिइन्। प्रहरी नायब उपरीक्षक त्वातीको नेतृत्वमा सुरक्षाकर्मीको टोली अनुसन्धान गरिरहेको छ। घटना कसले र किन घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam