बलात्कारको घटना मिलाउने कैलालीका वडा सदस्य र शिक्षकसहित ५ पक्राउ
धनगढी : कैलालीमा वडा सदस्य र शिक्षकले नै बलात्कारको घटना मिलापत्र गराएको खुलेको छ। मिलापत्र गराएको आरोपमा जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका वडा नम्बर ४ का पूर्ववडा सचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुवेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
मिलापत्र गराउने अन्य केही फरार रहेको प्रहरीले जानकारी दिएको छ।
मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया एक महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बलात्कार गरेको बुझिएको छ।
घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गराइएको थियो। तर ३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो।
उक्त विषयमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी आएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
उनीहरूमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam