कृष्णनगर नाकामा कोरोना संक्रमितको संख्यामा बृद्धि: होल्डिङ सेन्टर निर्माणाधिन अवस्थामा

कपिलबस्तु।
भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको सख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हुदै नेपाल प्रवेश गर्नेहरुको सख्यमा दोब्बरले वृद्धि भएको छ । नेपाल प्रवेश गर्नेहरुको कोरोना परिक्षण समेत हुने गरेको छ । सोमवार साझ सम्म २७ जना पोजेटिभ भेटिएको स्वास्थ्य कर्मचारि पंकज गुप्ताले जनाएको छन गुप्ताका अनुसार पोजेटिभ भएको मानिसलाई होम आईसुलेशन बस्न सुझाव सल्लाह दिई घर पठाईएको छ । कोरोनाका कारण दैनिक जसो नेपालीहरु स्वेदश फर्कन थालेपछि नेपालका होटल व्यवासयिलाई नागरिकहरुवाट चर्का मुल्य लिने गरेको गुनासो आएको छ । कृष्णनगर आसपासका होटलले मौकाको फाईदा उठाउँदै पहिलेको तुलनामा दोब्बर रकम लिने गरेको पाइएको छ ।
यता कृष्णनगरमा निर्माणाधिन रहेको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेना वाट निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणमा भारत वाट प्रवेश गर्नेहरुलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका १ शिवानगरमा रहेको ४ सय बेडको होल्डिङ सेन्टर पुष भित्र संचालनमा अउने निर्माण कम्पनिले जनाएको छ ।
भन्सार नाका नजिक ६ सय बेड क्षमताको होल्डिङ सेन्टरको काम तिब्र गतिमा भैरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताएका छन् । गत असार ३ गते बाट शुरु गरिएको निर्माणको काम ५ महिना भित्र सम्पन्न गर्ने भनिएपनि वर्षातका कारणले केहि ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । अबको केहिदिन मै काम सम्पन्न भएपछि उक्त स्थान बाट सेवा सुचारु गर्ने सकिने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताएका छन् । उक्त होल्डिङ सेन्टर निर्माणको लागि रु २७ करोण ६७ लाख ८२ हजार ५ सय ३५ रुपैयामा श्री हनुमान कन्ट्रक्शन ललितपुरले जिम्मा लिएको छ

-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam