चीनबाट झण्डै १२ लाख डोज भेरोसेल खोप आइपुग्यो
काठमाडौं ः चीनबाट झण्डै १२ लाख डोज कोभिडविरुद्धको भेरोसेल खोप आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।
हालसम्म नेपालमा विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना, जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप भित्रिएको छ।
खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म लक्षित समूहको ७६ दशमल २ प्रतिशतले एक मात्रा र ५६ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएको सरकारी तथ्यांक छ। त्यस्तै कुल जनसंख्याको ४९ दशमलव ९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।
सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोजसमेत दिने तयारी गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam