महाराजगन्जको दशौं नगरसभा सम्पन्न, बाल बिकास शिक्षकको तलब १५ हजार कायम
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको १० औँ नगरसभाले सम्पन्न भएको छ । दशौ नगरसभाले केही योजना थप गर्नुका साथै नगरका बालबिकास शिक्षक तथा बिद्यालय कर्मचारीकोहरुको तलब भत्ता १५ हजार कायम गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।
चालु आर्थिक बर्षको पुस महिना सम्म सहजकर्ताले मासिक साढे १२ हजार र कार्यालय सहयोगीले मासिक साढे ११ हजार तलब ब्ुझेका थिए । नगरपालिकामा रहेका सहजकर्ता र कार्यालय सहयोगीलाई माघ १ गते देखि लागु हुने गरी मासिक १५ हजार रकम दिने गरी सभाबाट पारित भएको मेयर कलामले बताउनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam